
एजेन्सी । यदी तपाई सुरक्षित सेक्स गर्नु हुँदैन भने अब तपाई जोखिममा पर्न
सक्नु हुन्छ । अर्थात् एड्ससहित यौन रोगका अन्य जोखिमहरु त यसअघि बाटै थिए
नै अब सेक्सकै कारण अर्को गम्भीर खतरा समेत विश्वमा भित्रिएको तथ्य पत्ता
लागेको छ । संयुक्त राज्य अमेरिकाको तटीयमुलुक ‘हवाई’मा ‘सेक्स सुपरबग’
नामक एक खतरनाक जीवाणुको दुईवटा मामिला बाहिर आएको छ । जसले विश्वभरका
चिकित्सकलाई चिन्तित बनाएको छ ।हवाईका स्वास्थ्य विभाग अधिकारीहरुले
‘सुपरबग’ एड्स फैलाउने जीवाणु ‘एचआईभी’ भन्दा पनि खतरनाक भएको भन्दै चिन्ता
व्यक्त गरेका छन् । उनीहरुले यसबाट बच्न मुस्किल हुने बताएका छन् । हवाईको
स्वास्थ्य विभागले सुपरबगको रोकथामका लागि नयाँ ‘एन्टिबायोटिक’ पत्ता
लगाउन सरकारसँग ५४ मिलियन डलर राशी माग गरेका छन् । वरिष्ठ चिकित्सकहरुले
सुपरबगलाई कुनै पनि औषधीले छुन नसक्ने बताएका छन् । चिकित्सकका अनुसार
सेक्स सुपरबगलाई ‘गोनोरिया एच ०४१’ नामबाट पनि चिनिन्छ ।
सुपरबगको पहिलो पहिचान वर्ष सन् २०११ मा जापानमा भएको थियो । यसपछि यो
हवाईमा फैलिएको थियो । अहिले भने क्यालिफोर्निया र नर्वेतिर पनि यसको
संक्रमण फैलिन सुरु भएको अनुमान गरिएको छ । हवाईमा पहिलो पटक सन् २०११ मा
सेक्स सुपरबगको मामिला एक युवतीमा भेटिएको थियो । हवाईका चिकित्सकहरुले
पूरा देशभरी यसबाट सुरक्षित रहन सल्लाह दिएका छन् । चिकित्सकहरुले
सुपरबगबाट विशेष सचेत रहन आग्रह गर्दै यसको जीवाणु धेरै आक्रामक भएको
बताएका छन् ।
यो द्रुत गतिमा फैलिने र कम समयमा नै असर देखाउने खालको भएको चिकित्सकहरुको
भनाई छ । विशेषज्ञहरुले सदैव सुरक्षित सेक्स गरेको खण्डमा यसबाट जोगिन
सक्ने जनाएका छन् । जीवाणु देखिएको मुलुक हवाईमा कोहीसँग पनि नयाँ सम्बन्ध
बनाउनुअघि पहिले आफ्नो ‘पाटर्नर’को शारीरिक जाँच गराउन सल्लाह दिइएको छ ।