बैठकमा
संविधान संशोधनको विषयमा नेता रायमाझीले फरक मत राखेका थिए । त्यसपछि
प्रचण्डले रायमाझीलाई बाबुराम भट्टराईले समेत संशोधन प्रक्रिया अघि बढाउन
आफूलाई भेटेरै सुझाव दिएको भन्दै सम्झाउने प्रयास गरेका थिए । प्रचण्डले
त्यसो भनेपछि रायमाझी झन् रिसाउँदै भनेका थिए, ‘विगतमा बाबुरामले गल्ती
गरेपछि मैले उनलाई छाडेँ,’ । उनले बैठकमा बोल्दै थपे, ‘बिहान संघीय
समाजवादी फोरमसँग संयुक्त विज्ञप्ति निकालेर संविधान संशोधनमा सहयोग गर्न
नसक्ने भनेका भट्टराईले साँझमा कसरी अध्यक्षज्यूसँग आएर संविधान संशोधनमा
समर्थन छ भन्नुभयो ?’
रायमाझीले बैठकमा
राखेको फरक मतबारे एक नेताले भने, ‘पार्टीले फेरि त्यस्तो गल्ती
गर्नुहुन्न ।’ रायमाझीले सरकार जबरजस्ती अघि बढ्न खोजे साथ दिन
नसक्नेसम्मको चेतावनी दिएका थिए । उनले आफूलाई कतिपयले एमालेको एजेन्डा
समात्यो भनेर आरोप लगाएको भन्दै आफूले एमालेको होइन एमालेले आफ्नो एजेन्डा
समातेको दाबी गरेका थिए ।
उनले फरक
मतमा प्रदेश नम्बर ५ का जनता शान्तसँग बसेको भन्दै त्यो प्रदेश नचलाउन पनि
सुझाव दिएका थिए । त्यसले जातीय द्वन्द्व ल्याउने भन्दै प्रदेश पाँच
टुक्राउने विषयलाई स्वीकार नगर्ने चेतावनी दिएका थिए ।
उनले
आफू संविधान संशोधनको विरोधी, संघीयताका विरोधी नभएको भन्दै मिलेर बसेका
प्रदेश नम्बर ५ का जनतालाई नचलाउन आग्रह गरेका थिए । ‘प्रदेशका विषयमा
विवादित झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई नै टुंग्याऊ,’ उनले
भनेको भन्दै स्रोतले बतायो ।
Loading...