यो मन्दिरलाई थाइल्याण्डस्थित सिस्केट प्रान्तका भिक्षुहरुले १० लाख वियरको खाली बोतलबाट मन्दिर बनाएका हुन्। उनीहरुले मानिसहरुले फ्याकेका बियरका बोतलहरु एक ठाउँमा जम्मा गरेर सो मन्दिरको निर्माण गरेका हुन्।
बौद्ध भिक्षुहरुले निर्माण गरेको उक्त मन्दिरको नाम ‘Wat Pa Maha Chedi Kaew’ राखिएको छ। यस मन्दिरको बाथरुम देखि शमशानघाटसम्म सबैचिज बियरकै बोतले बनाइएको हो।
यति मात्रै नभएर मन्दिरको ढोका समेत वियरको बोतलबाटै बनाइएको छ। जसले यहाँ आउने जो कोहीलाई पनि हृदयदेखि नै मनमा छाप छोड्न सफल भएको छ यो वियरबाट बनेको मन्दिरले। यहाँ काँचको बोतलबाट मन्दिर बनाउने डिजाइनले एउटा नयाँ अवधारणा नै बनाइदिउको छ।
Loading...