यस सम्बन्धमा कुरा गर्न गृहमन्त्री राजनाथ सिंहले पनि सोमबार एउटा हाइलेभल
मीटिङ बोलाएका छन्। मीटिङमा केन्द्रीय रिजर्ब पुलिस बल (सीआरपीएफ) का
डिजीसमेत गृहमन्त्रालयका वरिष्ठ पदाधिकारी सम्मिलित रहने बताइएको छ।
उडीमा आतंकवादी आक्रमण भएपछि भारतभरि छरिएर रहेका आर्मीमा ठूलो आक्रोस
रहेको भारतीय अखबारहरूले बताएका छन्। त्यसैले भारतीय सेनाले पाकिस्तानसँग
जोडिएको ७ सय ७८ किलोमीटर लामो सीमामा सुरक्षा व्यवस्थालाई झन कडा बनाएको
छ। भारतीय सेना थप गृहकार्यका लागि सरकारसँग ट्याङकरसहित अन्य हतियार तयारी
अवस्थामा राख्न अनुमति मागिरहेको छ।
अझ, भारतीय सुरक्षा निकायको एउटा ठूलो समुह पाकिस्तानको सीमा भित्र प्रवेश
गरेर आक्रमण गर्नु पर्नेमा सरकारले विचार पुर्यायोस भन्ने चाहन्छ। सुरक्षा
निकायका अनुसार सरकारले पाकिस्तानी सीमा भित्र सीमित आर्मी प्रवेश गराएर
कडा आक्रमण गर्नुपर्ने विचार राख्छन्।
Loading...