आज हामी त्यहि जुम्राबारे केही तथ्य प्रस्तुत गर्दैछौँ :
१. जुम्राहरु पहेँलो, सेतो, कालो, खैरो रङ्गका हुन्छन् जुन चामलको दानाको एक चौथाई आकार भन्दा पनि साना हुन्छन् ।
२. जुम्राहरु टाउको टाउकोको सम्पर्कबाट एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने गर्र्छन् ।
३. जुम्रालाई बाँच्नको लागि मानव शरीरको रगत चाहिन्छ जुन तिनीहरुले टाउकोबाट चुसेर पाउँछन् । मानव शरीर बाहिर जुम्रा ४८ घण्टाभित्र मर्छन् ।
४. जुम्राको अण्डा अर्थात लिखाबाट जुम्रा निस्कन करिब ८ देखि ९ दिन लाग्छ ।
५. टाउको अत्यधिक जुम्रा पर्दा जुम्राले निकालेको सलाइभा (र्याल) ले गर्दा टाउको चिलाउने गर्दछ ।
६. मानव शरीरमा रहने जुम्राहरु जनावरहरुमा पर्दैन ।
७. जुम्रामा पखेटा हुदैन, त्यसैे तिनीहरु उड्न तथा उफ्रिन सक्दैनन् । तर तिनीहरु छिटो हिड्न, घस्रिन सक्छन् ।
८. पोथी जुम्राले हरेक दिन १० वटा अण्डा अर्थात लिखा पार्ने गर्छे ।
९. छोटो कपाल भएका कारण महिलामा भन्दा पुरुषमा जुम्रा पर्ने सम्भावना कम हुन्छ ।
१०. झट्ट हेर्दा जुम्राका अण्डा अर्थात लिखा चाँयाजस्तै रौमा झुण्डिएको जस्तो देखिन्छ तर त्यो होइन लिखा कपालमा रहेको गमजस्तो पदार्थले बेस्सरी टाँसिरएर बसेका हुन्छन् ।
११. टाउकोमा पर्ने जुम्राले कुनै रोग लगाउदैन ।
-एजेन्सीको सहयोगमा
Loading...