नेपालीहरुको लागि लोकप्रिय
कर्मथलो बनेको यु ए ई नेपालीहरु को लागि साच्चै एउटा सपनाको शहर नै हो। चाहे युवा होस
या युवती परदेशिनु रहर हैन बाध्यता हो। ६ दिनको निरन्तर काम पछी शुक्रबार यु ए ई मा
बिभिन्न किसिमका कार्यक्रमहरुमा उपस्थित भएर दु:ख बिसाउने काम हुने गर्थ्यो हिजो सम्म
तर गत हप्ता १४ तारिकका दिन यु ए ई सरकारले कुनै पनि कार्यक्रम गर्दा अधिकारिक संस्था
हुनु पर्ने भन्ने खबरले यु ए ई मा रहेका दर्जनौ संघ संस्थाहरुको स्थिती चिन्ताजनक नै
छ।
सामाजिक काम को लागि
खोलिएका संघ संस्थाहरु ले कयौ को जीवन बचाएको छ भने समाजमा आमुल परिवर्तन गर्ने खाले
अभियान चलाएर समाज बिकासमा टेवा पुराईरहेका छन। चाहे त्यो भुकम्प पीडित को बिषय होस
या अग्नीपीडित, चाहे त्यो क्यानसरको बिमारी होस या मिर्गौला पीडित सबैको लागि थोरै
धेरै सहयोग सन्कलन गरी चोटमा मलाम लगाउने काम भएको थियो तर चन्दा उठाउनु उचित हैन भन्दै
खबरहरु आए पछी अब के होला त? यस्तै सहयोगका बिषयलाई लिएर हप्तै पिच्छे गरिने कार्यक्रमहरु
अब कसरी गरिने होला त यो सबै बहसको बिषय हो।
लामो समय देखी सकृय
नेपाली समाज यु ए ई छाता संगठन भएर अघी बढोस् भन्ने चाहना सबैको छ तर नेत्रित्वमा राजनिती
गर्ने साथी नपुगोस भन्ने पनि चाहना राखेका छन। दर्जनौ संघ संस्थाहरु मानबिय सहयोगमा
जुटेकै हुन त्यसमा कुनै संका छैन तर पैसा सहयोग गरेर पैसा सँग नै अतिथीको लागि भाषाण
र सोफा साटनेहरु देखी लिएर बर्सौ देखी सामाजिक काम गरेको भनेर बिसिस्टको दर्जा पाएकाहरुको
अबको स्थिती बुझ्ने पल हो यो। के उनिहरु जस्लाई "बरिस्ठ समाजसेवी भनिन्छ"ले
अब नेपाली संघ संस्था दर्ता गर्नमा पहल गर्लान त? आफुलाई छाता संगठन मान्नेहरु को परिक्षा
को घडी हो! कि नाममा मात्र छाता कि काम मा
पनि।
बिभिन्न गर्ने भनिएका
कार्य्रक्रमहरु एकाएक पछी गर्ने भन्ने न्युजहरु आएका छन। अब यु ए ई मा रहेका पत्रकारहरु
ले लेखहरु बाट जनचेतता जगाउन परो किनकी न्युज बिरलै हुने भए भने कलाकारहरुले अब निर्त्य
नेपालमै गएर देखाउन वाध्य भए। समाजसेवी र संघ संस्थाका प्रतिनिधीहरु केही गर्नु पर्छ
भन्नेमा बहस चलाऊदै छन दर्ता गर्न भन्दा पहिला एकजुट हुन जरुरी छ भन्ने पनि बुझ्दै
छन। अब यु ए ई मा रहेर बाहिर नआई कोठे आलोचना गर्ने हरुले बिषय पाउदैनन खै के खै के
समय ले बुझाउछ बाँकी।
रहरले मन देखी सामाजिक
काम मा लागेका केही ब्यक्तीहरु कार्यक्रम सफल पार्न दिनरात लाग्ने गरेको मैले देखेको
छु उहाहरुको सकिर्य भूमिका र मन अनी बिचारलाई सम्मान गर्दै मैले अब त यु ए ई मा कार्यक्रम
गर्न गाह्रो भयो त अब कसरी दीन हाल्नु हुन्छ त भनेर सोधेको थिए त्यसबाट धेरै साथीहरुले
हामी जहाँ छौ त्यहा को कानुन त मान्नै पर्यो नि सर कानुन अनुसार नै चल्छौ भन्नु भयो
भने कतै मिठो प्रसँग आयो। पहिला पहिला जस्तो मनका कुरा सामाजिक सन्जालमा नहुने रहेछ
त्यसैले दिन भर बसेर जीवनसाथी लाई चिट्ठी लेख्छु जो मेरो मन को कुरा सिधै उनीसँग पुग्नेछ भन्नु भयो
अनी मैले त्यसैलाइ नै आधार मानेर लेख जस्तो बनाए।
जहाँ भए पनि नेपालीहरु
एकजुट भएर यु ए ई मा संस्था दर्ता गरी आफ्नो देशको सस्क्रिती र सहयोगका कामहरु निरन्तर
गर्नुमा जोड दिनु पर्छ भन्दै यु ए ई मा रहेका सम्पूर्णलाई यहाँको निती नियमलाई समर्थन
गर्दै हातेमालो गर्न अनुरोध गर्दछु।
Loading...
