काठमाडौं, माघ २६ – निर्देशक, निर्माता
तथा अभिनेता प्रकाश राज दक्षिण भारतीय सिनेमाका सुपरस्टार हुन् । उनले
सिनेमाकै लागि आफ्नो नाम प्रकाश रायबाट प्रकाश राज बनाएका हुन् । २६ मार्च
१९६५ मा जन्मेका प्रकाश राज सिनेमामा आउनु अघि थियटर कलाकार थिए । यसका
साथै उनले स्ट्रीट र स्टेज शो पनि गर्थे । स्टेज शो गरेर उनी महिनामा ३ सय
रुपैयाँ कमाउँथे ।
सिनेमामाकामगर्ने क्रममाउनले विभिन्न
किसिमका भूमिकाहरु निभाएका छन् । तर उनले भिलेन भएर काम गरेका सिनेमाहरु
दर्शकले रुचाए । त्यसैले उनले सिने करिअरमा धेरैजस्तो सिनेमामा भिलेन नै
भएर काम गरे ।
प्रकाश राजले बलिउड सिनेमामा पनि काम गरे ।
उनले सन् २००९ मा सलमान खानको सिनेमा वान्टेडबाट बलिउडमा ब्रेक लिएका हुन्
। त्यसपछि उनले संघीम, दवंग २, मुम्बई मिरर, पुलिसगिरी, हिरोपन्ति, जंजीर
लगायतका सिनेमामा काम गरेका छन् ।
६ पटक प्रतिबन्ध
एक सिनेमामा काम गरेको २ करोड भारतीय
रुपैयाँ पारिश्रमिक लिने प्रकाशलाई तेलुगु सिनेमाका निर्माताहरुले सिनेमा
उद्योगमा काम गर्ने शैली गलत भएको भन्दै ६ पटक प्रतिबन्ध लगाएका थिए ।
सुटिङ सेटमा ढिलो जाने बानी
प्रकाशलाई प्राय निर्माता र निर्देशकहरुले
सुटिङ सेटमा समयमा नआउने आरोप लगाउँदै आएका छन् । तर यस बारेमा कुराकानी
गर्दै उनले आफ्नो सुत्ने समय राति ३ र उठ्ने समय बिहान ९ बजे भएको बताउँदै
अरुको लागि आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन नसक्ने जानकारी दिएका छन् ।
उनी सिनेमाहरु साइन गर्ने समयमै सुटिङमा
कुन समयमा आउने भन्ने कुरा फाइनल गर्छन् । त्यसकारण उनको बानी र समय मन
पर्नेले उनलाई लिन्छ र मन नपर्नेले लिँदैन । यसमा उनी आफूलाई फरक नपर्ने
बताउँछन् ।
सबै कामआफै गर्छन्
प्रकाश राज दक्षिण भारतीय सिनेमाका एक
मात्र यस्ता अभिनेताहुन् जसले अहिलेसम्म आफ्नो कामको लागि म्यानेजर राखेको
छैन । उनी आफ्ना सबै कामहरु आफै गर्छन् ।
उनीफोन रिसिभ गर्नेदेखि सिनेमा छनौटसम्मका सबै कामहरु आफै गर्छन् । प्रकाश आफ्नो कमाईको २० प्रतिशत भाग च्यारिटी गर्छन् ।
वैवाहिक जीवन
कोरियोग्राफर पोनी वर्मा प्रकाशकी दोस्रो
श्रीमती हुन् । प्रकाश राजले दोस्रो विवाह सन् २०१० को अगस्टमा गरे ।
उनीहरुको उमेरमा १२ वर्षको फरक छ । पोनी भन्दा पहिले प्रकाशले अभिनेत्री
ललिता कुमारीसँग सन् १९९४ मा विवाह गरेका थिए ।
source:http://ujyaaloonline.com
Loading...